चितवन,१३ कात्तिक । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ६३७ पुगेको छ ।

त्यस्तै पछील्लो चौबिस घण्टामा ७ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २५ हजार ९०६ पुगेको छ ।

चितवनमा सकृय संक्रमितको संख्या ३०४ पुगेको छ । जस मध्ये २८७ जना होम आइसोलेसनमा छन् भने १७ जना अस्पतालमा छन् । चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट कसैको पनि मृत्‍यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्‍यु हुनेको संख्या ४२७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !