चितवन,२ कात्तिक। पछिल्लो २४ घन्टामा चितवनमा २८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा २२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
भरतपुर महानगरमा २४, खैरहनी नगरपालिकामा १, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा १ र राप्ती नगरपालिकामा १ संक्रमित थपिएका छन्। चितवनमा सक्रिय संक्रमित २३२ मा झरेको छ ।
चितवनमा हालसम्म संक्रमितको संख्या २६ हजार ३६७ पुगेको छ । २५ हजार ७१० जना निको भएका छन् भने हालसम्म ४२५ जना चितवनवासीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । २०३ जना संक्रमित होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।







