चितवन, १४ असोज । पछिल्लो २४ घण्टामा चितवन जिल्लामा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परिक्षणबाट ३४ जना र एन्टिजेन परीक्षमा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर महानगरपालिमा २९ जना, खैरहनी नगरपालिकामा १ जना, रत्ननगर नगरपालिमा ३ जना,राप्ती नगरपालिकामा २ जना गरी ३५ जना कोरोना संक्रमित थपिएका हुन ।
आज विहीवार सम्म चितवनमा संक्रिय संक्रमितको संख्या ५२३ रहेको छ । सोही अबधिमा ५८ जना संक्रमणबाट मुक्त भएका छन् ।






