चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत माडी नगरपालिकाको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले कोमलनाथ भूषालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
अधिबेशनमा भूषालले आफ्ना निकटतम प्रतिशप्रधि खेम महत्तोलाई ३ मत अन्तरले पराजित गर्नु भएको हो । महत्तोको ७१ मत आउँदा भूषालले ७४ मत प्राप्त गनुभएको थियो ।
यस्तै उपसभापतिमा पनि भूषल समुहकै दुबै जना बिजयी भएका छन् । उपसभापतिमा गणेश पौडेलले ९६ मत मायाँराम अधिकारीले ८४ मत र नारायण सुवेदीले ७३ मत प्राप्त गनुभएको थियो । पौडेल र अधिकारी निर्वाचित हुनुभएको छ उपसभापतिमा । यस्तै सह सचिबमा इन्द्र चापगाई र दिक्षा भट्टराई बिजयी हुनु भएको छ । उहाँहरुले क्रमश ७६ र ७० मत प्राप्त गर्नुभएको थियो । माडी नगरपालिकाको सचिबमा भने अपिल अधिकारी र लोकनाथ लामिछाने निर्वाचित चई सक्नु भएको थियो । खसेको मतमा सभापतिका लागि दुई मत वदर र एक मत खालि रहेको थियो ।
माडी नगरपालिकामा १ सय ४८ क्षत्रीय प्रतिनिधि रहेका छन् । त्यहाँबाट प्रत्यक्ष तर्फ २७ जना, खस आर्य तर्फ ६ जना, आदिवासी जनजाती तर्फ ४ जना, दलित ३ जना, थारु ५ जना सदस्यमा निर्वाचित गरेको छ । यस्तै ७ जना पदाधिकारी समेत चयन भएका छन् ।






