चितवन,७ असोज । नेपाल पत्रकार महासघ चितवन शाखाको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकार महिलाको पाठेरघर र स्तनको क्यान्सर परिक्षण गरिएको छ । वीपी कोईराला मेमोरिय क्यान्सर अस्पतालको २२ औं बार्षिकोत्सब एबं १७ औं क्यान्सर सतर्कता दिवसको अबसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

अस्पतालको सहयोगमा आयोजना गरिएको यस कार्यक्रम आज देखि १४ गते सम्म चल्ने छ । कार्यक्रमकी संयोजक समिक्षा पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघकि सचिब सृजना अर्यालले पत्रकार र पत्रकारको परिवारका लागि अस्पतालले गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो । सो अबसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले पत्रकारहरुको स्वास्थ्य प्रति सबैको चिन्ता रहनु पर्ने बताउनुभयो । अस्पतालले बाषिकोत्सबमा मात्रै नभएर अन्य जुन सुकै समयमा पनि पत्रकारहरुको परिक्षणमा सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकालले पत्रकारहरुको स्वास्थ्यमा देखिने समस्याका र अहिलेको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !