चितवन,२ असोज । चितवनमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । एक संक्रमितको मृत्यु भएको छ । ३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०३ जनाको कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६५२ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१९ जना होम आइसोलेसन र ३३ जना अस्पताल आइसोलेसनमा छन् ।

अस्पतालमा ५३ संक्रमित उपचाररत

शनिबार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको संख्या केही बढेको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार शनिबार अस्पतालहरुमा ५३ संक्रमित उपचारत छन् ।

भरतपुर अस्पतालमा ३५, चितवन मेडिकल कलेजमा १५ र क्यान्सर अस्पताल, साना अस्पताल र कालिका नगरपालिकाको एक स्वास्थ्य संस्थामा एकरएक जना संक्रमित उपचार गराइरहेका छन् ।
पछिल्लो २४ घण्टामा अस्पतालबाट जम्मा ४ जना संक्रमित मात्रै डिस्टार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस !