चितवन, १ असोज । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४६ संक्रमित थपिँदा ६५ संक्रमित संक्रमण मुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ ।

साउनमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको  छ । नयाँ संक्रमित थपिनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेपछि सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ ।

यहि गतिमा सक्रिय संक्रमितको संख्या घट्दै गए अबको हप्ता चितवन रेड जोनबाट मुक्त हुने अनुमान गरिएको छ । ५०० सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिमका हिसाबले रेड जोनमा राख्ने गरेको छ ।

शुक्रबार जिल्लामा सक्रिय संक्रमितको संख्या ६५५ मा झरेको छ । १५ दिनअघि चितवनमा सक्रिय संक्रमितको संख्या १२ सय ५४ थियो ।

प्रतिक्रिया दिनुहोस !