चितवन,३० भदौं । गितानगर ब्वाइज क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गितनागरमा गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।


क्लबका अध्यक्ष अमृत कुमार गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हरिविलास कोईरालाले सामाजिक काममा लागेका क्लबहरुलाई वडाबाट हुन सक्ने सहयोग गरिने वताउनुभयो । सो कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एबं नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि विष्णु भूजेल, क्वलबका पूर्ब अध्यक्ष सुरज वहादुर गोदारले क्वलदे आफ्ना नियमित काम बाहेक सामाजिक कामहरुलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक सञ्जय श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रममा क्वलका सदस्य अरोग्य श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !