चितवन, २९ भदौ । निरन्तरको बर्खाको कारण रोकिएको भरतपुर महानगरको गौरवको योजनाको रुपमा रहेकोे सिटी हल निर्माणको काम पुन सुरु भएको छ । भरतपुरको महानगरको स्वामित्वमा रहेको जिल्ला समन्वय समिति पछाडिको बाइपास सडकसम्मको चार बिघा क्षेत्रफलको जग्गामा काम सुरु भएको हो ।

 भरतपुर गोन्द्राङ सडक विस्तारकै ठेक्का पाएको कम्पनी इन्डो सगुन जेभी बुटवलले नै सिटी हल निर्माणको जिम्मा पाएको हो ।

ठेकेदार सहदेव खड्काले ६५ जना कामदार राखेर रोकिएको सिटी हलको काम पुनः सुरु गरिएको बताए । ‘कोभिडमा बरु काम गरिएको थियो, तर बर्खाले भरतपुर क्षेत्र डुब्दो रहेछ, काम गर्न मुस्किल भएर जेठबाट काम रोक्यौ’ ठेकदार खड्काले भने, ‘अब धमाधम काम अघि बढ्छ ।’ उनले सिटी हलको २० प्रतिशत काम सकिएको बताए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास सडकसँग जोडिएको जिल्ला समवन्य समिति पछाडि रहेको चार विगाहा चार कठ्ठा जग्गामा सिटीहल निर्माणको काम भैरहेको छ । ७७ करोड ७७ लाखको लागतमा सिटी हल निर्माण थालिएको हो ।

प्रतिक्रिया दिनुहोस !