चितवन, : चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार जिल्लामा कोरोनाका १२ सय १७ सक्रिय संक्रमित छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा ६३ संक्रमित थपिएका छन् भने ९९ संक्रमित संक्रमणमुक्त भएका छन् । ७६२ जनाको परीक्षण गर्दा ६३ जनामा मात्रै संक्रमण भेटिएको हो ।

शुक्रबार भरतपुर अस्पतालमा ६०, चितवन मेडिकल कलेजमा १५, पुरानो मेडिकल कलेजमा ३, क्यान्सर अस्पतालमा ४ र अन्य साना अस्पतालमा ५ जना छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा २ संक्रमितको मृत्यु भएको छ । जसमा चितवन र मकवानपुरका एकरएक जना रहेका छन् ।

अस्पतालमा उपचाररत विरामीमा भेन्टिलेटर जडान गरिएका संक्रमित जम्मा ५ जना छन् । आइसियूमा २८, एचडियूमा २५ र सामान्य आइसोलेसन बेडमा ३२ संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस !