चितवन,: चितवनमा पछिल्लो २४ घण्टामा १३९ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर पीसीआर परीक्षणबाट १०० तथा एन्टिजेनबाट ३९ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ८५ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ४, माडीका १६, रत्ननगरका २७, राप्तीमा ४, र ईच्छाकामना गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या २३ हजार ६१९ पुगेको छ ।
यससँगै कोरोनामुक्त हुनेको संख्या २० हजार ८९५ पुगेको छ । २३ हजार ४९ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये २ हजार १९५ जना होम आइसोलेसनमा छन् भने १५० जना अस्पताल तथा ४ जना संस्थागत आइसोलेसनमा छन् ।

जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !