२० साउन, गोरखा । पहिरोका कारण चुमनुव्री गाउँपालिका-६ चुम्चेतको लोक्पा स्थित डुयु खोलामाथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
मंगलवार राती माथिबाट खसेको पहिरोले पुल चुडिएको वडाध्यक्ष लोप्साङ लामाले बताए । पुल चुडिएसँगै आउजाउ ठप्प छ ।‘खाद्यान्न बोकेर गएका खच्चडहरु सबै पुल वारी रोकिएका छन्,’ वडाध्यक्ष लामाले भने, ‘मान्छे पनि आउजाउ गर्न सकेका छैनन् ।’








