चितवनः जिल्लामा आज ११४ जना संक्रमणमुक्त भएका छन् । सोही अबधिमा १८९ जना नयाँ संक्रमित थपिएका छन्। यसै क्रममा आज भरतपुर अस्पतामा उपचारमा रहेका नवलपरासीका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयले दिएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ९६, खैरहनीमा २८, माडीमा ८, रत्ननगरमा ३०, राप्तीमा १७, कालिकामा ८ र इच्छाकामनामा २ संक्रमित देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा अझै पनि एक हजार ९०३ जना सक्रिय संक्रमित रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। तीमध्ये १०९ जना अस्पतालको आइसोलेसन केन्द्रमा छन्। एक हजार ७८७ जना होम आइसोलेसनमा र बाँकी ७ जना स्थानीय तहको आइसोलेसन केन्द्रमा स्वास्थ्य लाभ गरिरहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्। जिल्लामा कूल संक्रमितको संख्या भने १९ हजार ५२९ पुगेको छ। तीमध्ये १७ हजार ३०५ जना संक्रमणमुक्त भएका छन्।






