चितवन, : चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनको एक जना, नवलपुरको एक जना र कास्कीको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा तीन जनाको नै मृत्यु भएको छ । त्यसैगरी चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा २७ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालमा १९५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

जसमध्ये आईसीयूमा ६६ जना, भेन्टिलेटरमा ९ जना, एचडीयूमा ४१ जना र ८८ जनाको जेनरल बेडमा उपचार भइरहेको छ । आईसीयूमा रहेका बिरामी मध्ये सबैभन्दा धेरै चितवन मेडिकल कलेजमा २७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !