माडी (चितवन), : चितवनको माडी नगरपालिका वडा नं. १ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ । बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीय ४५ वर्षिय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् । उनलाई भालेको आक्रमण गरेको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माका अनुसार निकुञ्ज नजिकै बारीमा बिहान ९ः३० बजे शव फेला परेको हो । बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ । बोटलाई भालुले आक्रमण गरेर मारेको हुन सक्ने शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !