
चितवन : माडीको रिउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको र्खकुनाथ गाउँपालिका घर भएका २१ वर्षिय हिकमत शाही रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
कार्यालयका अनुसार माडी नगरपालिका वडा नम्बर ६ मा रहेको दिवाकर स्कृति प्राबिधिक बिद्यालयमा अध्ययनरत उनी आज दिउँसो १२ः३० वजे रिउ खोलामा डुवेर वेपत्ता भएका थिए ।
बेपत्ता भएका शाहीको शब माडी नगरपालिका वडा नम्बर ३ स्थित रिउ खोलामा भेटिएको हो । साथीहरुसंग पौडी खेल्न गएका उनको शब दिउँसो १ वजे भेटिएको र पोष्र्टमाटमका लागि भरतपुर अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।