
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा पहिरोका कारण सडक अबरुद्ध भएको छ । बुधबार राती १० वजे खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन पानी परिरहेकाले केही समय लाग्नेछ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले भन्नुभयो “पानी परिरहेकाले काम सुरु गर्न सकीएको छैन ।”
सो स्थानमा वर्षा सुरु भए संगै पटक–पटक पहिरो खसेर सडक अबरुद्ध हुदै आएको छ । एक साता भन्दा वढि समय देखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या रहेको छ ।