चितवन,: चितवनमा केही दिनयता घट्दै गएको कोरोना संक्रमितको संख्या फेरि बढेको छ । चितवनमा आज एकै दिन एक सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा १३४ जना नयाँ संक्रमित थपिएका छन् । यो पछिल्लो एक साताकै उच्च संख्या हो भने पछिल्लो केही यता पहिलो पटक संक्रमितको संख्या ३ अंकमा पुगेको हो ।

थपिएका संक्रमित मध्ये ९३ जना पिसिआर परीक्षणबाट हुन् भने ४१ जना एन्टिजेनबाट हुन् । उनीहरुले मध्ये भरतपुर महानगरपलिकाका मात्रै ७३ जना छन् । यस्तै खैरहनी नगरपालिकाका १७, माडीक १६, रत्ननगरका १५, राप्तीका ५, कालिकाका ७ र इच्छाकामना गाउँपालिकाका एक जना रहेका छन् । अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १६ हजार ५३ पुगेको छ ।

संक्रमित मध्ये ५८ जना २८१ निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १४ हजार ६८५ पुगेको कार्यालयले जनाएको छ । १ हजार ८७ जना अझै आइसोलेसनमा छन् । उनीहरु मध्ये ९५५ जना होम आइसोलेसनमा छन् भने ९३ जना अस्पताल तथा ३९ जना संस्थागत आइसोलेसनमा छन् ।

यस्तै चितवनमा कोरोना संक्रमणबाट २८१ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २ जनाको मृत्‍यु भएको हो । दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !