
चितवन, : जिल्लामा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये ३८ जना पिसिआर परिक्षणबाट र १९ जना एन्टिजेनबाट पुष्टि भएको हो ।
सोही समयमा जिल्लाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुर महानगरका पिसिआर बिधिबाट २७ र एन्टिजेनबाट १२ जना सङ्क्रमित भेटिएका छन् ।
यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या एक हजार दुई सय ४२ पुगेको छ । सङ्क्रमित मध्ये १ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् । ८१ जना अस्पतालको आईसोलेसनमा र ३० जना सार्बजनिक आइसोलेसनमा रहेका छन् ।