चितवनः चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुने पछि राहत वोकेर यहाँ आइपुग्नु भएका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उहाँको दिनचर्या समाज सेवामानै बित्ने गरेको छ ।
पहाड चड्नु अघि उहाँले भन्नुभयो “निषेधाज्ञाले खाननै धौधौ भएको सुने पछि मलाई त्यसै बस्नमन लागेन ।” क्यालिफोर्नियामा रहेको सन्नि सगरमाथा समाजका संस्थापक अध्यक्ष सापकोटाले त्यहाँका हालका समितिका साथीहरुलाई अनुरोध गरेर सहयोगको आव्हान गर्नु भयो । त्यहाँ संकलन भएको सहयोगले यहाँ समाज सेवामा उहाँ जुटिरहनु भएको छ । नेपालमा काभ्रेको पनौतीमा घर भएका सापकोटाले काभ्रेमै दृष्टिबिहिनहरुका लागि रु १ लाख खर्च गरेर इनार व्यवस्थापन गरिदिनु भएको छ । त्यसै गरि ठमेलका रिक्सा चालक, बाफल, चावहिल, जोरपाटी लगाएतका क्षेत्रमा तीन सय परिवारलाई राहात बितरण गरेको उहाँको भनाई छ ।
राप्ती नगरपालिका वडा नम्बर १३ मा एक सय पचास चेपाङ् परिवारलाई उहाँकै नेतृत्वमा आज राहत बाँडिदै छ । उहाँको भनाईमा हाल सम्म रु १२ लाख हाराहारीको राहत बितरण भईसकेको छ । राहत बितरण कार्य जारिनै राख्ने उहाँको योजना रहेको छ । उहाँले भन्नुभयो “हामीले पेनी, पेनी बचाएर राखेको पैसामा नेपाल आमालाई दुख्दै गर्दा केही गरौं भन्ने अभिप्रायले समाज सेवामा जुटेका हौं ।” नेपालमा रहँदा हरिमाई फाउण्डेसनका अर्जुन तिमिल्सिना, राजेन्द्र तिमिल्सिना, प्रदिप सापकोटा, विश्व केसी, प्रकाश तिमिल्सिनाको साथ लिएर अभियानमा लागेको नेपाली काङ्ग्रेसको जनसम्पर्क समिति अमेरीकाको उपाध्यक्ष समेत रहनु भएका उहाँले जानकारी दिनुभयो । यस अघि भूकम्पको समयमा सन्नि सगरमाथाकै नेतृत्वमा अमेरिकामा रहेका नेपालीका २८ वटा संघ संस्था मिलेर यहाँ सहयोग गरिएको थियो । उहाँका अनुसार सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ्, गोरखा र तनहुँमा रु ८० लाख हाराहारीको जस्तापाता बितरण गरेको उहाँले बताउनुभयो । सापकोटाकै नेतृत्वमा सन्निका प्रतिनिधि नारायण खनाल, दिपेन्द्र तिमिल्सिना लगाएतको टोलिले राहत बाँडेको उहाँको भनाई छ ।
बिदेशमा रहेका नेपालीहरुले यहाँ हुने संकटका समयमा सहयोगमा जुट्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !