काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले छलफल गर्न लाग्नुभएको हो ।
सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीलाई बोलाएको विषयमा अनविज्ञता प्रकट गर्यो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो “उतै (सभामुखलाई) सोध्नुस् न । वत्र कहाँ पठाउनु भएको छ ? थाहा छैन ।” आँफुहरुलाई जानकारी नभएको भन्दै उहाँले थप्नुभयो “जनकारीनै नभएको ठाउँमा प्रधानमन्त्री ज्यू जानुहुन्छ होला र ?”





