चितवन: चितवन र छिमेकी जिल्लाका धेरै सङ्क्रमितको उपचार हुँदै आएको भरतपुरमा सङ्क्रमितको शव व्यवस्थापन सहज वनाईएको छ । केही दिन अघि शव व्यवस्थापनमा रु ३५ हजार सम्म असुलेको भन्ने गुनासो आए पछि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन र नेपाली सेनाको कालिवहादुर गणको समन्वयमा सहज रुपमा शव व्यवस्थापन गरिएको छ ।
भरतपुर महानगरपालिकाको आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख वालकृष्ण थपलियाका अनुसार जेठ ६ गते यता सङ्क्रमितको ७४ वटा शवको व्यवस्थापन गरिएको छ । जस मध्ये ४ वटा शवको परिवारले भारलाग्ने भन्दै आँफै खर्च गरेका छन् । ती मध्ये दुई जनाको शव गाढीएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार शव वाहन, दाउरा र खाल्डो खन्नका लागि एक्साभेटरको व्यवस्थापना महानगरले गर्दै आएको छ । लायन्स क्लवले थप एक शववाहन उपलव्ध गराएको छ । सङ्क्रमितको शव व्यववस्थापनमा ठूलो रकम खर्च भएको भन्ने गुनासो आए पछि महानगरपालिकाले व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।
संघिय सरकारले शवको व्यवस्थापन गर्ने भनिएको भए पनि तत्काल वजेटको व्यवस्थापन हुन नसक्दा महानगरपालिकाले खर्च गरेको उहाँले जानकारी दिनुभयो । यस अघि पनि एक्साभेटर भने महानगरपालिकाले उपलव्ध गराउँदै आएको थियो । महानगरको वागेश्वरी स्थित नारायणी किनारमा शव व्यवस्थापन गरिदैं आएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भरतपुर महानगरपालिका, कालिवहादुर गण भरतपुर र लायन्सको सहकार्यमा शव व्यवस्थापन हुँदै आएको बताउनुभयो । शववाहन, दाउरा, खाल्डो खन्ने एक्साभेटर र शवको ओसारपसार सहयोग गरिर्दै आएको छ । खाल्डोमा नपुरेर जलाउनेहरुले नजिकै रहेको वागेश्वरीवाट नदी किनार सम्म दाउरा लैजाने, चित्ता वनाउने र जलाउने काम भने मृतकका परिवारले आफ्नो संस्कार अनुसार गर्दै आएका छन् ।
सङ्क्रमितका आफन्तहरु कम भएमा स्थानियलाई केही रकम तिरेर सहयोग लिदैं आएका छन् । कालिवहादुर गण भरतपुरका गणपति विज्ञानराज खनालका अनुसार हाल सम्म ३ सय ४० वटा शवको व्यवस्थापनमा सेनाले सहयोग गरिसकेको छ । जिल्लाका अस्पतालमा ४ सय ८६ जनाको मृत्यु भएकोमा १ सय ४६ जनाको शव आफन्तले बुझेका हुन । खनालले सबैको सहकार्यमा शव व्यवस्थापन सहज वनेको बताउनुभयो ।
सङ्क्रमितको शव विहान ९ वजे देखि साँझ ५ वजे सम्म व्यवस्थापन गरिदैं आएको छ । होम आइसोलेसनमा मृत्यु भएकाको शवको व्यवस्थापनका लागि शववाहन पठाउने गरिएको छ । खनालका अनुसार घरमा शव उठाउँने व्यक्ति नभएका ठाउँमा सेना आँफै पुग्ने गरेको छ । पत्रकार इश्वर जोशीले आफ्नो दाजुको केही दिन अघि सङ्क्रमणबाट मृत्यु भए पछि दाहासंस्कारको प्रकृयामा सहजता पाएको वताउनुभयो । मृतकका परिवारले आँफैले काम गरेमा दाहासंस्कार निःशुल्क हुने गरेको भन्दै उहाँले अरु मानिसको सहयोग लिएमा भने पारिश्रमिक दिनु पर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !