
चितवनः पछिल्लो २४ घण्टामा चितवनमा थप २४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये भरतपुर महानगरमा १९२ जना, खैरहनीमा ७ जना, माडीमा १२ जना, रत्ननगरमा १२ जना, राप्ती नगरपालिकामा २ जना र इच्छाकामना गाउँपालिकामा ११ जना रहेका छन् । चितवनमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ११ हजार ८३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा ९ जनाको मृत्यु भएको हो ।
मृतक मध्ये ३ जना चितवनका रहेका छन् भने अन्य ६ जना भने बाहिरी जिल्लाका हुन् । भरतपुर सरकारी अस्पतालमा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमा धनुषा र कपिलबस्तुका एक(एक जना छन् ।
चितवन मेडिकल कलेजमा आज चितवन र भैरहवा एक(एक जना संक्रमितको मृत्यु भएको छ भने कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज० मा ३ जनाको मृत्यु भएको छ । जसमा चितवन, नवलपुर र गोरखाका समान एक(एक जना छन् । यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चितवन र कास्कीका एक–एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा आजसम्म १७६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, कोरोना भाइरसको संक्रमणमुक्त भइ ३१ जना डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेमा भरतपुर अस्पतालबाट ११, चितवन मेडिकल कलेजबाट १३ तथा पुरानो मेडिकल कलेजबाट ७ जना रहेका छन् ।
अस्पतालको आइसोलेसनमा २१९ जना र घरमा आइसोलेसनमा चार हजार ६ जना रहेका छन् ।