
चितवनः जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका एघार जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन जना र अन्य वाहिरी जिल्लाका रहेका रहेका छन् । भरतपुर अस्पताल, चितवन मेडीकल कलेज, पुरानो मेडीकल कलेज र विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
चितवन मेडीकल कलेजमा उपचाररत चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका वडा नम्बर ९ का ५० वर्षिय पुरुष रहेका छन् । निमोनियाको समस्या भई बैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ९ की ५४ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतवार राती १२ः५५ वजे मृत्यु भएको हो ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ की ३४ वर्षिया महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भए संगै बैशाख २४ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा सघन उपचार कक्षमा आइतबार राती ७ः५५ वजे मृत्यु भएको हो । यस्तै भैरहवा नगरपालिका वडा नम्बर ८ का ५० वर्षिय पुरुषको आईतबार साँझ कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमण पुष्टि पछि बैशाख २१ ग्ते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आइतबार साँझ ५ः२० वजे मृत्यु भएको हो ।
पुराना मेडीकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर १ का ५० वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ । निमोनियाको समस्या भई बैशाख २१ गते अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज विहान ७ः१० वजे मृत्यु भएको हो ।
बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का ३२ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भए संगै निमोनियाको समस्या भई बैशाख २४ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ वजे मृत्यु भएको हो ।
यस्तै अर्घखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३० वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २४ गते पुरानो मेडीकल कलेज भर्ना भएका उनमा २५ गते सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः४० वजे मृत्यु भएको हो ।
कपिलवस्तुका कोरोना सङ्क्रमितको सोही कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । सिवराज नगरपालिका वडा नम्बर ५ का ३५ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भए संगै निमोनियाको समस्या भई जेठ २ गते अस्पताल भर्ना भएका उनको आइतबार राती ८ः३० वजे मृत्यु भएको हो ।
विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुइ जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षिय पुरुष रहेका छन् । सङ्क्रमण पुष्टि पछि क्यान्सरको समस्या भई जेठ २ गते अस्पताल भर्ना भएका उनको आईतबार राती १२ः३० वजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचारका क्रममा रुपन्देहीको कालिका नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर १० का ४९ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । क्यान्सरको समस्या भई अस्पताल आएका उनमा बैशाख २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती ७ः३० वजे मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका वडा नम्बर ५ का ६० वर्षिय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई जेठ २ गते अस्पताल भर्ना भएका उनको सोही दिन सङ्क्रममण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज विहान ३ः४५ वजे मृत्यु भएको हो ।
कोरोना सङ्क्रमणका कारण आइतबार जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा १४ जनाको मृत्यु भएको थियो ।