काठमाडौंः पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही समयमा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँकाअनुसार संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !