
काठमाडौँ, : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ९ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।