चितवनः जिल्लाका अस्पतालमा उपचारका क्रममा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका ३ जना र अन्य वाहिरी जिल्लाका रहेका छन् ।
कोरोनाका कारण चितवन मेडीकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ३ क्षेत्रपुरका ५८ वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाको सङ्क्रमणका कारण वैशाख २८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ८ः३० वजे मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ९ का ३८ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनियार र ज्वरोका कारण बैशाख २६ गते अस्पतालमा भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ वजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ का ७३ वर्षिय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । निमोनिया र ज्वरोका कारण बैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः४४ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
पुरानो मेडीकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षिया बृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाका कारण बैशाख २१ गते अस्पताल भर्ना भएकी उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः२६ वजे मृत्यु भएको हो ।
चितवन मेडीकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर २४ की ५७ वर्षिया महिलाको मृत्यु भएको छ । निमोनियाका कारण उपचारका लागि बैशाख १३ गते अस्पताल भर्ना भएकी उनमा १४ को कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ः५९ वजे मृत्यु भएको हो ।

सोही मेडीकल कलेजमा उपचारका क्रममा गुल्मीको दरवारदेवस्थल गाउँपालिका वडा नम्बर ७ का ५० वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २५ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः३९ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) सुनौलका ४० वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २४ गते चितवन मेडीकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज विहान १ः५३ वजे मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा उपचाररत गुल्मी मुसिकोट गाउँपालिका वडा नम्बर ९ का ५७ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २२ गते अस्पतालमा भर्ना भएका उनमा १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राति ११ः५ वजे मृत्यु भएको हो ।
पुरानो मेडीकल कलेजमा उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिकाका वडा नम्बर ७ का ६१ वर्षिय वृद्धको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राती १०ः३० वजे मृत्यु भएको हो ।
मृतक सबैको शव व्यवस्थापनका लागि समन्वय भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !