चितवन: जिल्लाका अस्पतालमा उपचाररत ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडीकल कलेज, पुरानो मेडीकल कलेज र भरतपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
पुरानो मेडीकल कलेजमा उपचारका क्रममा नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ९ का ६३ वर्षिय बृद्धको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही बैशाख २० गते अस्पताल भर्ना भएका उनमा अस्पताल भर्ना हुनु अघि नै सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शुक्रबार राती २ः०२ बजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचाररत दाङ् घोराई नगरपालिका वडा नम्बर ३ की एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको शुक्रबार राती १ः०४ वजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भई सके पछि निमोनियाको उपचारका लागि यही बैशाख २४ गते अस्पताल भर्ना भएकी उनको राती मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ५५ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भए पछि मधुमेहको उपचारका लागि यही बैशाख २० गते अस्पतालमा भर्ना भएका उनको शुक्रबार राती पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । उपचारको क्रममा उनको कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो । उनको मृत्यु शुक्रबार राती ११ः४५ वजे मृत्यु भएको हो ।
यता भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत रत्ननगर नगरपालिका वडा नम्बर १३ का एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षिय वृद्ध रहेका छन् । उनमा अस्पताल भर्ना हुनु अघि कोरोना पुष्टि भएको थियो । नमोनिया र स्वासप्रश्वासको समस्या भई यही बैशाख ५ गते अस्पतालमा भर्ना भएको उनको उपचारको क्रममा कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा शुक्रबार राती १० वजे मृत्यु भएको हो ।
यस्तै भरतपुर महानगरपालिका वडानम्बर १६ का एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ९४ वर्षिय वृद्ध रहेका छन् । निमोनिया र मधुमेहको समस्या भई बैशाख १५ गते अस्पताल आएका उनमा बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा उनको शुक्रबार राती १ः४० वजे मृत्यु भएको हो ।
चितवन मेडीकल कलेजमा उपचाररत अर्घाखाँचिका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचि मनारानी ३ का ५४ वर्षिय पुरुष रहेका छन् । उनको शुक्रबार राती ८ः४५ वजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पताल भर्ना भएका उनको अस्पतालको कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।