चितवन, : नदीमा बेपत्ता भएको चार दिन पछि एक जनाको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नं. १ स्थित त्रिशुली नदीमा पौडिखेल्ने क्रममा वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज सोमबार फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं. ४ घर भई भरतपुर महानगरपालिका वडा नं. १ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षिय सन्तोष भन्ने चाम बहादुर सुनारी पौडीखेल्ने क्रममा बेपत्ता भएका थिए । ठिमुरा स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा वेपत्ता उनको घटनास्थलबाट ६०० मिटर नारायणगढतर्फ शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस !