चितवनः जिल्लाका अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडीकल कलेजमा उपचाररत तनहुँका कोरोना सङ्क्रमित र चितवन मेडीकल कलेजमा उपचाररत बाराका बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँको आबुैरहनी गाउपालिका वडा नम्बर ३ का ४५ वर्षिय पुरुष रहेका छन् । उनको पुरानो मेडीकल कलेजमा उपचारका क्रममा आज बिहान ४ः४५ वजे मृत्यु भएको हो ।
अस्पतालका अनुसार गत बैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा बैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।
यस्तै चितवन मेडीकल कलेजमा उपचारका क्रममा बाराको कलैया नगरपालिका वडा नम्बर ६ का ६५ वषिैय पुरुष रहेका छन् । निमोनियाको उपचारका लागि वैशा १४ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आज बिहान ९ः३५ वजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !