चितवनः मकवानपुरका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ का ८५ बर्षिय वृद्धको पुरानो मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
निमोनियाका कारण वैशाख ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज राती १ः४५ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।






