चितवन : रगतको अभाव कम हुन नदिन भरतपुर ५ समिचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोभिड–१९ सङ्क्रमणको त्रासका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न रक्तदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै नारायणी बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम गरेको हो।
भरतपुर महानगरपालिका वडा नं ५ समीचोक स्थित नारायणी बचत तथा ऋण सहकारीको प्राङ्गणमा आयोजित कार्यक्रममा ७२ पुरुष र ३१ महिला सहित १०३ जनाले रक्तदान गरेका छन् ।
संस्थाको २४ औ बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदानमा सहकारीका सेयर सदस्य, स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका आयोजक संस्था नारायणी बचत तथा ऋण सहकारी का कार्यक्रम संयोजक हरिकृष्ण अधिकारीले जानकारी दिए ।
कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी र ,जनस्वास्थ्यका मापदण्ड पूरा गर्दै रक्तदान गरिएको हो। कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ५ का वडा अध्यक्ष पदमपाणी सुवेदीले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए । चितवनमा रगतको अभाव भएको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी ,सेयर सदस्य, रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिए ।
भित्तेपात्रो पनि बिमोचन नारायणी बचत तथा ऋण सहाकारी संस्था लिमिटेड भरतपुर ५ को २४ औ बार्षिकोत्सबको अबसरमा नया बर्ष २०७८ को भित्तेपात्रो पनि बिमोचन गरिएको छ। संस्थाले भरतपुर ५ का वडा अध्यक्ष पदमपाणि सुवेदीको प्रमुख आतिथ्यतामा भित्ते पात्रो बिमोचन गरेको हो । सहकारीले ४ दिनको कार्यक्रम तालीका अनुुसार २७ गते मोटरसाईकल याली , २८ गते बृहत सरसफाइ कार्यक्रम , २९ गते रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ भने ३० गते सोमबार मुलसमारोह , भबन उद्घाटन सहित कार्यक्रमको समापन गर्ने भएको छ ।
सहकारीले आफ्नो सदस्य बिस्तारका लागि भोली मुल समारोहका दिन सदस्यता लिनेहरुलाई बिशेष छुट दिने ब्यबस्था गरेको छ । नया सदस्यता लिनको लागी २ हजार ५ सय लागन् भएता पनि बार्षिकोत्सबको अबसर पारेर १३ सय छुट गर्दै १२ सयमा मात्र सदस्य बन्न सकिने कार्यक्रम संयोजक हरिकृष्ण अधिकारीले बताए । सहकारीमा हाल सम्म ११ सय ५५ जना सेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !