
चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमती औषधी ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ का ३० वर्षिय दिनेश तामाङ, २२ वर्षिय प्रदिप विश्वमकर्मा र वडा नम्बर २ का १८ वर्षिय समिर तामाङ रहेका छन् ।
प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर ३ मा कोठागरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्रि बितरण गरेको सूचनाको आधारमा उनीहरुलाई फागुन ७ गते पक्राउ गरि आज सार्बजनीक गरिएको हो । कार्यालयले जारी गरेको सुचनामा ताममाङको कोठाबाट अनुमती विना ल्याइएको ट्रामा १ हजार १ सय ६३ ट्याव्लेट, अनार्गन २५ लेखिएको ४ सय ३६ ट्याब्लेट, स्टागन ४ सय ४० ट्याव्लेट फेला परेको जनाईएको छ । यस्तै दिनेश तामाङको कोठामा रहेका समिर तामाङको साथबाट रु ५ हजार ३ सय २५ । मोवाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै प्रदिप विश्वकर्माको साथबाट रु १ लाख २९ हजार ८ सय २२ बरामद गरिएको र उनको घरमा चेकजाँच गर्ने क्रममा ट्रामा ८ हजार ७ सय ८० ट्याव्लेट, स्टागन ८ सय ट्याव्लेट र नगद रु ११ हजार बामद गरिएको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुको साथबाट वरामद गरिएका सामाग्रीमा ट्रामा ९ हजार ९ सय ३३ ट्याव्लेट, अनार्गन ४ सय ३६ ट्याव्लेट, स्टागन १ हजार २ सय ४० ट्याव्लेट, रेड्मी मोवाइल दुइ थान, सामसुङ मोवाईल एक थान, आइफोन एक थान र नगद रु १ लाख ४६ हजार १ सय ४७ रहेको छ । पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि औषधि व्यवस्था बिभाग शाखा कार्यालय बिरगञ्ज पठाईएको उहाँले जानकारी दिनुभयो ।