चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा नेकपाका उम्मेदवारहरुको लज्जास्पद हार भएको छ । उद्योग बाणिज्य संघ खैरहनीको १० औं साधारण सभा तथा पाँचौं अधिबेशनमा नेकपाका उम्मेदवारहरुको हार भएको हो ।
अधिबेशनमा लोकतान्त्रीक समुह र प्रगतिशिल समुह बनाएर उद्योगी व्यवसायीहरु मैदानमा थिए । निर्वाचनमा अध्यक्ष सहित १६ पदका लागि मतदान भएको थियो । जसमा लोकतान्त्रीक समुहले अध्यक्ष सहित १४ सिटमा जित हाँशिल गरेको हो । लोकतान्त्रीक समुहबाट अध्यक्ष पदका प्रत्याशी दिपेश श्रेष्ठ (हिरा)ले ७ सय ९९ मत प्राप्त गर्दा उहाँका प्रतिशप्रधि शेषकुमारी ओली सडौलाले ४ सय ७६ मत प्राप्त गर्नुभयो ।
सडौला प्रगतीशिल समुहमा पनि प्रधानमन्त्री ओली निकट मानिनु हुन्छ । अध्यक्षमा ओली समुहबाट र अन्य सदस्यमा प्रचण्ड–नेपाल समुहका उम्मेदवार रहेका थिए ।
आज बिहान आएको अन्तिम मतपरिणाम अनुसार वाणिज्यतर्फ बिक्रम खड्का , कुमार खनाल , बिनोद अर्याल , केदारनाथ बर्तौला, क्षेत्र बहादुर रावल , प्रशान्त अधिकारी ,अनिल श्रेष्ठ ,अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी हुनुभएको छ । उद्योगतर्फ जगत बहादुर पाण्डे , शंकर कंडेल ,किरण बुर्लाकोटी , कृष्ण बहादुर श्रेष्ठ , अनुप अधिकारी र बिक्रम चौधरी विजयी हुनुभएको हो ।
अधिबेशनमा १ हजार ४ सय ३० सदस्यले मतदात गरेका थिए । यस अघि रुपमा एशोशियट सदस्यमा शिबराज उप्रेति निबिरोध निवाचित हुनुभएको थियो । यो सदस्य संघको तृतिय उपाध्यक्ष हुने व्यवस्था रहेको छ । अन्य पदाधिकारी भने बैठक बसेर तय गरिने व्यवस्था रहेको छ ।