काठमाडौं, १५ पुस । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ ।
खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।