काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एकहजार ८ सय ३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएकामध्ये ७ सय ४३ जनाको नतिजा पोजेटिभ आएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ५२ जना निको भएका छन् । यो सँगै देशमा कोभिड संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । हालसम्म क्वारेन्टिनमा ४ सय ९ जना छन् भने ७ हजार ५सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !