चितवनः कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालीका वडा नम्बर २१ का ४२ वर्षिय जितेन्द्र कार्की रहेका छन् ।
कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार लामो समय देखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रमण पुष्टि भएका उनको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । लागुऔषध मुद्धामा वि. सं. २०७६ साल साउन १८ गते २ वर्ष कैद र रु १ लाख जरिवाना तोकीएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि यहाँ पठाईएको थियो ।
सुरुवातमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज विहान ८ः४७ वजे मृत्यु भएको हो ।






