
काठमाडौं : नेपालमा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य ५०० पुरुष हुन् भने ३३० महिला हुन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५०० जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । देशभर १० हजार ९९४ जनमा अझै कोरोना सक्रिय छ ।