चितवनः पूर्ब पश्चिम राजमार्गको खैरहनी नगरपालिका वडा नम्बर ९ मा ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षिय अव्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ६ः३० वजे लोथरबाट नारायणगढ तर्फ आउँदै गरेको लु १ ख ६५८१ नम्बरको तेलबोकेको ट्याङकरले ना ४१ प ९८६२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० वजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने ट्याङकर र चालकको खोजी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !