चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ का कोरोेना संक्रमित एक वृद्धको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत ९३ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
निमोनियाको समस्या भई मंसिर ११ गते अस्पतालमा भर्ना भएका उनमा १२ गते कोरोना सपुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज दिउँसो ३ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।