चितवनः चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टर अन्तर्गत वन्कट्टा रेन्जपोष्ट पारि मरुठ खोलामा एउटा गैंडा मरेको छ । बिहिबार दिउँसो २ वजे घाइते अबस्थामा भेटिएको सो गैंडालाई शुक्रबार उद्धार गरिएको थियो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरि उपचारको क्रममा राखिएको गैंडा आज विहान ४ वजे मरेको हो । सो गैंडा अन्दाजी २५–३० वर्षको भाले रहेको उहाँले जानकारी दिनुभयो । चुरेमा हिड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ । सो गैंडाको तीन वटा खुट्टा भाँचिएको थियो ।
चालु आर्थिक वर्षमा यो संगै १६ वटा गैंडा मरेका छन् । जस मध्ये चार वटा चोरी शिकारीले मारेका हुन ।






