चितवनः जिल्लामा रहेको पहिलो मेडिकल कलेज । पुरानो मेडिकल कलेजले पिसिआर परिक्षणको नाममा बिरामीहरुलाई ठग्ने गरेको पाईएको छ ।

मेडिकल सिटिको रुपमा बिकास हुँदै आएको यस जिल्लामा रहेका निजी अस्पतालहरुले बिरामी र बिरामीका आफन्तलाई ठग्दै आएको गुनासो यस अघि पनि नआएको होईन । तर सरकारले तोकेको रकम भन्दा ५० प्रतिशत वढि शुल्क लिएर कलेजले पिसिआर परिक्षणका लागि पठाउने गरेको पाईएको छ ।

यस कलेजमा उपचारका लागि आएका बिरामीहरुको पिसिआर परिक्षण गर्दा रु ३ हजार लिने गरेको पाईएको छ । यध्यपि सरकारले रु २ हजार भन्दा माथि शुल्क लिन नपाउने निर्णय गरेको छ । यस अस्पतालमा आफ्नो प्रयोगशाला नभए पनि पिसिआर परिक्षणका लागि काठमाडौंमा रहेको स्टार हस्पिटलमा परिक्षणका लागि पठाउने गरेको छ । यस कलेजबाट करिब २ किलोमिटरको पेरि फेरीमा जिल्लामा तीन वटा कोरोना परिक्षण गर्ने पिसिआर प्रयोगशाला संञ्चालनमा रहेका छन् । तर यहाँका प्रयोगशालामा बिरामीको नमुना नपठाई कमिसनको चक्कर लागेर काठमाडौं पठाउने गरेको पाईएको हो ।
सरकारले सरकारी अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा निशुल्क परिक्षणको व्यवस्था गरेको छ । तर यस कलेजले बिरामी संग स्वाब संकलन गर्ने भाँडो (भिटिएम) र यातायात खर्च भनेर रु १ हजार र पिसिआर परिक्षण खर्च भनेर रु २ हजार लिने गरेको पाईएको हो । सरकारले भिटिएमको खर्च बिरामी संग लिन नपाउने भनेको छ । तर यस कलेजले भने आँखा अगाडीनै भिटिएम चार्ज लिने गरेको पाइए पनि स्थानीय प्रशासन मुखदर्शक वनेर वसेको छ । यती मात्रै होईन पिसिआर परिक्षणका लागि रकम लिई सके पछि कलेजले बिरामीलाई बिल समेत नदिने गरेको सेवाग्राहीको गुनासो छ ।

यस विषयमा अस्पतालका आवासिय निर्देशक डा. मनोहर प्रधान काठमाडौंको स्टार हस्पिटलले रु २ हजार ४ सय पिसिआर परिक्षण शुल्क लिने र रु ६ सय यातायात खर्च स्वरुप लिईएको वताउनुभयो । बिलको बिषयमा बिरामीको अधिकार भएकाले सहज उपलव्ध गराउँदै आईएको उहाँको भनाई थियो । भारतीय नागरिकद्धारा संञ्चालिय यस अस्पतालले कोरोना सङ्क्रमणका कारण मृत्यु भएका बिरामीहरुको शुल्क नतिरेको भन्दै लामो समय सम्म शव व्यवस्थापन गर्न नदिने गरेको समेत गुनासो आउन थालेको छ ।
सरकारले पिसिआर परिक्षणका लागि तोकेको शुल्क भन्दा वढि लिने जो कोहीलाई पनि कालोवजारी ऐन अन्तर्गत कारवाही हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो । अहिले सम्म दुई वटा अस्पतालको नाममा उजुरी परेको र कारवाही गरिएको भन्दै उहाँले अन्यलाई पनि कारवाहिको दायरामा ल्याईने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !