चितवन : गोरखाकी कोरोना भाइरस संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ। सिर्दी नगरपालिका ११ कि ६९ वर्षीया महिलाको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको हो ।

उनलाई शुक्रबार निमोनिया सम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि कोरोना परीक्षण गर्दा शुक्रबार नै उनमा संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनको कोभिड आइसियुमा राखी उपचार गर्ने क्रममा शुक्रबार राती ९:३० बजे मृत्‍यु भएको हो। उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !