
काठमाडौंः गत २४ घण्टामा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ जना पुगेको छ ।
त्यस्तै, आज १ हजार २ सय ३६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ९ हजार ४ सय ३५ जना डिस्चार्ज भएका छन् ।
शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।