चितवन : भरतपुर अस्पतालमा मकवानपुरकी कोरोना संक्रमित महिलाको मृत्युु भएको छ । अस्पतालमा उपचारका क्रममा हेटौंडा उपमहानगरपालिका ८ कि ५७ वर्षीया महिलाको मृत्युु भएको हो ।
निमोनियाको कारण अस्पताल भर्ना भएकी उनमा मंसिर ४ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड आइसियुमा राखी उपचार गर्ने क्रममा बुधबार राती ९:४५ बजे मृत्युु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।