डा. हेमराज कोइराला,

विश्व व्यापि महामारीको रूपमा फैलिएको कोरोना भाईरस रोग (कोभिड–१९)को औषधि एवं भ्याक्सिन बनाउनका लागि संसारका अनेकै प्रयोगशालामा विभिन्न अनुशंधानहरू भईरहेका छन। तथापि यो रोगको कुनै खास औषधी एवं भ्याक्सिन बन्न सकेको छैन। साथसाथै आज पुरा विश्व यस महामारीलाई नियन्त्रण गर्ने प्राकृतिक उपायहरूको विषयमा पनि उत्तिकै सोचीरहेको छ र यिनै प्राकृतिक विधिहरू मध्येको एउटा अचुक विधि हो उपवास चिकित्सा। उपवास चिकित्सा गरेर कोभिड–१९ लाई ९० प्रतिशत सम्म लगाम लगाउन सकिन्छ। यो कुरा हालसालै प्रमाणीत पनि भई सकेको छ तर चिकित्सा विज्ञानको मुलधरले यस विधालाई महत्व नदिदा यो उपचार विधिले खासै महत्व पाउन सकेको छैन। लेखकले हालसम्म ३६० जना कोभीड–१९का विरामीहरू हेरिसकेको र उपवास गराएरै मृत्युन्मुख कोभीड–१९का विरामीहरूलाई समेत बचाउन सफल भएको हुदाँ जनसामान्यका लागि पनि सहज होस भनेर यो लेख लेखेको हँु। आशा छ यसद्वार तपाईहरू लाभान्वित हुनु नै हुने छ।

के हो उपवास चिकित्सा ?

उपवासलाई हामी ब्रत पनि भन्ने गर्दछौ। उपवास गर्दा व्याक्तिले निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गर्दछ। यसर्थ उपावास भन्नाले निश्चित अवधिका, आफ्नै ईच्छामा कुनैप्रकारका खानेकुराको त्याग गर्नु वा क्यालोरी ग्रहणमा लगाईएको रोकलाई जनाउदछ। प्राच्य स्वास्थ्य विज्ञानले उपवासलाई “सर्वे रोग मल वशः लंघनम् परम औषधम्” अर्थात सबै रोगको कारण भनेको शरीरमा संकलित मल (विजातिय द्रव्य) हो र संकलित मलको सर्वोच्च निष्कासन गर्ने उपवास परम औषधी हो भनि परम औषधिको रुपमा व्याख्या गरेको छ। यसै गरि आधुनिक चिकित्सा विज्ञानमा पनि उपवास गरेर अनेकै असाध्य रोगहरूलाई जीत्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाई सकेको छ। सन् २०१६ मा जापानिज वैज्ञानिक यासुनुरी यसुमीलाई उपवास फिजीयोलोजीमा गरेको महत्वपूर्ण खोज एवं अनुशंधानका कारण विश्वविख्यात नोवल पुरूस्कारद्वारा सम्मानित गरिएको थियो।

ऐतिहासिकताः

उपवास चिकित्सा परापुर्वक कालदेखि प्रचलित उपचार पद्धति हो। दीर्घ तथा जीर्ण रोगहरूलाई जीत्न दीर्घकालिन उपवास प्राचीन समय देखि नै प्रचलित थियो भने सरूवा रोग एवं महामारीहरूमा अल्पकालिन एवं आवधिक उपवास गर्ने गरिन्थ्यो। सन्निपात ज्वरो होस वा आँठे आउदा होस हाम्रा पिता पूर्खाले कोभिड–१९ जस्ता ठूलाठूला महामारीहरूलाई समेत प्रतिकार गर्ने हाम्रो अमोध अष्त्र नै उपवास थियो।

के हो कोभीड–१९?

कोभिड–१९ मूलतः सिभियर एक्यूट रेस्पिरेटरी सिन्ड्रम कोरोना भाईरस–२ को संक्रमणद्वारा हुने श्वास–प्रश्वासको समस्या हो। कोभिड–१९ वा सार्स कोभ–२ को लक्षण सन् २००३ मा देखापरेको सार्सकोभ र सन् २०१२ मा देखापरेको मर्सकोभसंग मिल्दा जुल्दा छन्। यो रोग लाग्दा कोरोना भाईरसले फोक्सोका कोषहरूलाई आक्रमण गर्दछन र ती कोषहरूमा भाईरस भित्र पसेर वितण्ड मच्चाउन थाल्दछ। कोरोना भाईरस कोष भित्र पस्न एञ्जियोटेन्सिन कन्भटिङ्ग ईञ्जाईम–२ रिसेप्टारसंग बाधिनु पर्दछ। रिसेप्टारसंग बाधिएर भाईरस कोषभित्र पसिसके पश्चात अनियन्त्रित रूपमा बृद्धि हुदैै जाने र कोषहरूलाई क्षति पु¥याउने गर्दछ। भाईरसको आक्रमणमा परेर यसरि कोषहरू क्षतिग्रस्त हुनथाले पश्चात फोक्सोको स्थानिय प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्दछ फलतः म्याक्रोफेज, मोनोसाईटहरू र डेन्ड्रियटीक कोषहरू सक्रिय भई भाईरस संक्रमणलाई लगम लगाउने प्रक्रियाको थालनी गर्दछन ।

भाईरस संक्रमण हुँदा अधिकांश अवश्थामा हाम्रो प्रतिरक्षा प्रणलीले संक्रमणलाई जीत्दछ र रोग ठिक हुन्छ तर केहि अवश्थाहरूमा विरामीको स्थीति खराव हुदै जान्छ र न्यूमोनिया हुने, श्वास फेर्न गाह्रोहुने र ज्यानै पनि जानसक्ने हुन सक्छ। यसर्थ अधिकांश भाईरस संक्रमणको औषधी भनेकै हाम्रो प्रतिरक्षा प्रणालीको ससक्तिकरणनै हो। उपवास यस्तो फिजीयोलोजीकल विधि हो जसको विधिवत प्रयोग गर्नजाने प्रतिरक्षा प्रणालीलाई तुरून्त ससक्त वनाई दिन्छ र कोभीड–१९ जस्तो घातक रोगबाट पनि हामीलाइ बचाउदछ।

उपवास र अटोफेजीको प्रेरणाः

हाम्रो शरीरमा विद्यमान कोषहरूमा दैनिक हजारौ जैव रासायनिक क्रियाहरू भईरहेका हुन्छन्। यी क्रियाहरूको उपज स्वरूप कोषहरूमा अनेकौ प्रकारका काम नलाग्ने, विषाक्त एवं उत्परिवर्तित रसायनहरू हरूको उत्पादन पनि भईरहेको हुन्छ।यी रसायनहरूका अलावा काम नलाग्ने कोषकिय अंङ्ग वा बाहिरबाट आएका रोगकारक जीवाणु, विषाणु, ढुसी वा परजीवीहरू ले पनि कोषलाई क्षति पु¥याउन सक्दछ र ती विजातिय द्रव्यहरूलाई तुरून्त नष्ट गर्नुपर्ने हुन्छ ।

कोषहरूमा भएका यी तत्वहरूको विनाश गर्नकालागि लाईसोजोम निर्भर एक किसिमको कोषकिय प्रक्रिया छ जसलाई कोष विज्ञानको भाषामा अटोफेजी भनेर भनिन्छ।अटोफेजी प्रक्रियामा विजातिय रसायनहरू, कोषमा काम नलाग्ने अंङ्गहरू र बाहिरबाट आएका हानिकारक जीवाणुहरूलाई पचाउनकाकालागि कोषभित्रै दूईपत्र भएको थैलीको निर्माण गरी ईञ्जाईमहरूको माध्यमद्वारा पाचाउने गरिन्छ। यी विषाक्त तत्वहरूको पाचन पश्चात ग्लूकोज वा अन्य सुगर, न्यूक्लियोटाईडस, एमाईनो एसिड, फ्याट्टि एसिड जस्ता पोषक तत्वहरूको उत्पादन हुन्छ र यी तत्वहरूको उपयोग कोषले पुनः गर्दछ। यदि कोषभित्र आक्रमण गर्ने विजातिय द्रव्य भाईसर भए भाईरसलाई पनि अटोफेजी प्रक्रियाद्वारा नै नष्ट गर्ने गरिन्छ। बाहिरबाट गएका ब्याक्टेरिया, भाईरस, फङ्गस र परजीवीहरूलाई नष्टगर्ने यो कोषकिय प्रक्रियालाई कोष विज्ञानको भाषामा जीनोफेजी भन्ने गर्दछौ। जीनोफेजी प्रक्रिया पनि कोष भित्र पसेका भाईरसहरूलाई विघटित गर्ने विधि हो।

सार्स–कोभ–२को आक्रमण हुँदा यदि हामीले उपवास ग¥यौ भने कोष–कोषमा जीनोफेजी प्रक्रिया उत्प्रेरित भई भाईरसलाई प्रतिरक्षा प्रणाली सक्रिय हुनुपूर्वनै नष्ट गरिदिन्छ।अटोफेजी प्रक्रियाद्वारा भाईरस नष्टगर्न मूख्यतः लार्ईसोजोमल ईन्जाईम प्रणली सक्रिया हुन जरूरी छ। यस प्रक्रियामा सर्वप्रथम फेगोफोर को निर्माण त्यस पश्चात फेकोजोमको निर्माण र अन्तत्वगत्वा फेगोलाईसोजोम बनेर ईन्जाईमहरूको माध्यामद्वारा भाईरसहरूलाई नष्ट गर्ने गरिन्छ।

यसका अतिरिक्त अटोफेजी प्रक्रिया कोषको जीवितता, मृत्यु, बुढ्यौली र प्रतिरक्षा संगपनि आवद्ध छ । अटोफेजी प्रक्रिया उत्प्रेरित भएमा प्रतिरक्षा प्रणालीका घटक कोषहरू जस्तै टी–कोष, बी–कोष, लिम्फोसाईट्स, डेन्ड्रिटिक कोष, म्याक्रोफेजेज र नेचुरल किलर कोषहरूलाई समेत नियमन गरि व्यावस्थित तुल्याउदछ। अटोफेजी प्रक्रियाले विशेषतः यी कोषहरूको उत्तरजीविता, समस्थिति, बृद्धि एवं बर्धन, सक्रियकरण र विभिन्नीकरण जस्ता क्रियालाई प्रभाव पार्ने गर्दछ। यसका अलावा अटोफेजी प्रक्रियाले प्रतिरक्षात्मक कोषहरूलाई एण्टिबडी र साईटोकाईन्स उत्पादन गर्न पनि प्रेरित गर्दछ। यसै गरि प्राकृतिक प्रतिरक्षा प्रणाली लाई सक्रिय पार्न अटोफेजी उत्प्रेरणले प्राकृतिक प्रतिरक्षाका लागि आवश्यक नोड–लाईक–रिसेप्टार र टोल–लाईक–रिसेप्टारलाई उत्तेजीत गर्ने गर्दछ। यी रिसोप्टारहरू उत्तेजीत भए पश्चात साईटोकाईन्सहरूको उत्पादन, नेचूरल–किलर–कोष र टी–कोषहरूको सक्रियकरण र फेगोसाईटोसिस प्राकृतिक प्रतिरक्षाका प्रक्रियाहरू सुरू हुन्छन्।

यसैगरि आर्जीत प्रतिरक्षा प्रणालीका घटक जस्तै मेजर–हिष्टो–कम्पेबिलिटी–कम्प्लेक्स र एण्टिजीन प्रजेन्टेसन, लिम्फोसाईटसहरूको विकाश, थायमिक टी–कोषहरूको चयन, ईन्फ्लामेसनको सूचन र साईटोकाईन्स हरूको नियमनमा अटोफेजीको उत्प्रेरणाले महत्वपूर्ण भूमीका खेल्ने गर्दछ। आर्जीत प्रतिरक्षा प्रणालीलाई मुख्यतः सीडी–४+ र सीडी–८+ लिम्फोसाईट्स कोषहरूले नियनम गर्र्ने गर्दछ। सीडी–४+ लिम्फोसाईट्स र एण्टिजीन प्रजेन्टिङ्ग कोष दुबैको सक्रियाताले परिपक्क टी–कोषको बिकाश गरि परिपक्क एण्टिबडीहरूको उत्पादन गर्दछ। अटोफेजी प्रक्रियालाई बढवा दिन एण्टिजीन प्रजेन्टेसन र अटोफेजी एक्टिभेसन रिकू्रट एटीजी–८ र एलसी–३ को भूमीका हुन्छ किनकि यी सबैले अटोफेजी प्रक्रियाको मुख्य घटक फेगोफोर बनाउनमा महत्वपूर्ण भूमिका खेल्दछ। एण्टिजीन प्रजेण्टिङ्ग कोषमा अटोफेजी प्रक्रिया सुरूहुँन भाईरल एण्टिजेनको एटीजी–८ र एलसी–३ जस्ता प्रोट्रिनहरू संग संसर्ग भई मेजर हिस्टो कम्पेविलिटी कम्प्लेक्स–२ को माध्यमद्वारा सीडी–४+टी–कोषलाई एण्टिजीन हस्तान्तरण गरी परिपक्क हेल्पर टी कोस बनाउन मद्यत गर्दछ। यसैगरि मेजर हिस्टो कम्पेविलिटी कम्प्लेक्स–१ को माध्यमद्वारा हुने सीडी–८+टी–कोष एक्टिभेसनमा पनि एण्टिजीन प्रजेण्टिङ्ग कोषमाहुने अटोफेजी प्रक्रियाको ठूलो हात हुन्छ। यसैगरि अटोफेजी प्रक्रियाले टी–कोषहरूको उत्तरजीविता र बृद्धि–बर्धनमा पनि ठूलो मद्यत गर्दछ। यसै गरि साईटोकाईन्सको प्रेरणमा विकसित हुने टी हेल्पर सेल सबसेट को विकासमा अटोफेजीले टीएच–२ सबसेटको विकाशलाई निशेध गर्ने र टीएच–१ सबसेटको विकाशलाई बढावा दिने गर्दछ ।

यसैगरि अटोफेजी प्रक्रियाले बी–कोषको विकाश र उत्तरजीवितामा पनि उत्तिकै महत्वपूर्ण भूमीका खेल्दछ। अटोफेजी प्रक्रिया ठिक नभएको अवश्थामा बी–कोषहरूले पनि साईटोकाईन्स र एण्टिबडीहरूको उत्पादन गर्न सक्दैन।यसका अलावा अटोफेजीले प्लास्म कोषहरूको विभिन्निकरण र एण्टिबडी उत्पादन गर्ने कार्यपनि गर्दछ।यसर्थ प्लास्म कोषहरूलाई नियमित रूपमा एण्टिबडीहरूको उत्पादन गर्न अटोफेजी प्रक्रियाको सहयोग चाहिन्छ।

उपवासले कसरी अटोफेजीलाई उत्प्ररित गर्दछ ?

अटोफेजी प्रक्रियाको सुरूवात कोषहरूलाई तनावभएको बेलामा वा कोषलाई खानेकुरा नभएको बेलामा हुने गर्दछ। अटोफेजी प्रक्रियाद्वारा कोषले खेरफालिएका, हानीकारक एवं विजातिय तत्वहरूलाई रिसाईकिल गरेर पुनः उर्जा बनाउनमा प्रयोग गर्ने गर्दछ। जब कोषलाई पर्याप्त मात्रामा खानेकुरा मिल्दैन वा कोष तनावमा आउदछ त्यस अवश्थामा यूएनसी–५१ लाईक काईनेज (यूएलके) कम्प्लेक्स को उत्प्रेरणा सुरू हुन्छ। (यूएलके) कम्प्लेक्स संग एउटा एम–टीओआर प्रोटीन पनि जोडिएको हुन्छ । जब हामी उपवास गर्दछौ त्यस अवश्थामा (यूएलके) कम्प्लेक्सबाट एम–टीओआर अलग हुन्छ र त्यस पछि अटोफेजी प्रक्रियाको सुरूवात हुन्छ । यसै गरि उपवास गर्दा अटोफेजी संग आवद्ध थुप्रै प्रोटिनहरू जस्तै एटीजी–६, एटीजी–७, एटीजी–८, एलसी–३–२, पी–६२, बेक्लिीन–१, सर्ट–१, एलएएमपी–२, एटीजी–१०१ को पनि उत्पादन हुनेहँदा अटोफेजी सुरूहुन्छ। यसैगरि अटोफेजीकोलाई निरूद्ध गरिएमा भाईरसहरूको रिप्लिकेसन बढ्नगई संक्रमण बढ्दछ।अथवा संक्रमण बढेको अवश्थामा भाईरसले नै अटोफेजीलार्ई निरूद्ध पनि गर्दछ।अहिले भर्खरै भएका अध्यायन हरूले पनि सार्स–एन–कोभ–२को संक्रमणले पनि अटोफेजी प्रक्रियालाई निरूद्ध गर्ने गर्दछ र अटोफेजी उत्पेरण गर्ने औषधिको सेवनले यो संक्रमण नियन्त्रण गर्न मद्यत गर्दछ। ठिक यसै गरि उपवास गर्दा अटोफेजीको उत्प्रेरणा हुने हुदाँ सार्स–एन–कोभ–२को संक्रमण रोक्दछ। उपवास बस्दा हाम्रो शरीरका कोषहरूमा अटोफेजी प्रक्रियाको सुरूवात हुन्छ। अटोफेजी प्रक्रियाको सुरूवात भएपश्चात प्रतिरक्षा प्रणाली पनि ससक्त हुन्छ।सार्स–एन–कोभ–२ ईन्फेक्सन हुँदा पनि भाईरस फोक्साको कोषभित्र पसेर कोषहरूको सिस्टम कब्जा गरेर रिप्लिकेट हुनेहुँदा यसले फोक्सोका कोषहरू क्षतिग्रस्त हुन्छन। यसर्थ भाईरसहरूको कारणले हुने कोषकिय क्षतिलाई रोक्न उपवास चिकित्सको वैज्ञानिक प्रयोग गरि कोषकोषमा अटोफेजी उत्प्ररित गर्नुपर्ने हुन्छ।

कसरी गर्ने उपवास ?

कोभिड–१९ मा सरल तरिकाले गर्न सकिने भनेको आवधिक उपवास यानिकी ईन्टरमिटेण्ट फाष्टिङ्ग हो। ईन्टरमिटेण्ट फाष्टिङ्गमा संक्रमितले २४ घण्टाको समयलाई ८ घण्टा खानाखाने समय र १६ घण्टा भोकै बस्ने समय भनेर छुट्याएको हुन्छ। यसरि छुट्याउदा बिहान ९ः०० बजे देखि साझ ५ः०० सम्मको अविधिलाई खानाखाने समय र साझ ५ः०० बजे देखि बिहान ९ः०० बजे सम्मको अवधिलाई भोकै बस्ने समय भनेर छुट्याउदा राम्रो हुन्छ । यस ८÷१६ को समयलाई ६÷१८ र विस्तारै बढाएर ४÷२० पनि गर्न सकिन्छ। यसरी खाना खाने र भोकै बस्ने अवधि छुट्याएर उपवास बस्दा खाना खाने अवधिमा भने प्रसस्त मात्रामा पौष्टिक तत्व लिनुपर्ने हुन्छ। खानामा विशेषतः उच्च रेशा र चोकर भएको, झोलिलो, प्रशस्त भिटामीन एवं एण्टिअक्सिडेण्टले यूक्त खाना खानुपर्ने हुन्छ।यदि तपाई प्राकृतिक चिकित्सालयमा हुनुहुन्छ भने पहिले छोटो अवधिको उपवास गरेर अनि आवधिक उपवास गर्नसक्नुहुन्छ। यसैगरि तपाई संक्रमित होईन र उपवास कोभिड–१९को रोकथामका लागि गर्दै हुनुहुन्छ भने प्राकृतिक चिकित्सकको सल्लाहमा लामो, छोटो, मध्यम वा आवधिक उपवास गर्न सक्नुहुन्छ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर—१, वागीश्वरी, देवघाटधाम, चितवनका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया दिनुहोस !