
बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाचैँ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छन् ।