
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २७९१ जना संक्रमणमुक्त हुँदा २४ जनाको ज्यान समेत गएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।