चितवन : भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमित दुई जनाको मृत्‍यु भएको छ । मृत्‍यु हुनेहरुमा रत्ननगर नगरपालिका १० का ५२ वर्षीय पुरुष र भरतपुर महानगरपालिका २१ कि ७३ वर्षीया महिला रहेका छन् ।

ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भएर अस्पतालमा भर्ना भएका रत्ननगरका पुरुषमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।निमोनियाका समेत पिडीत उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आईसियुमा राखी उपचार गर्ने क्रममा आज बिहान ७ बजे मृत्‍यु भएको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

यस्तै डाइलोसिसका कारण कार्तिक २३ गते अस्पताल भर्ना भएकी भरतपुरकी महिलामा २५ गते कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि कोभिड आइसियुमा राखी उपचार गर्ने क्रममा आज (मंगलबार) बिहान ११:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !