
चितवन : चितवनमा कोरोना भाइरस संक्रमितको संख्या संख्या ५५२६ पुगेको छ । संक्रमण मध्य ४५४३ जना निको भइसकेका छन् । ८९७ जनामा भने अझै कोरोना सक्रिय छ । यस्तै जिल्लाभर संक्रमणबाट अहिलेसम्म ८६ जनाको मृत्यु भइसकेको छ ।
चितवनमा कोरोना भाइरस संक्रमित अंध्य भरतपुर महानगरभित्र मात्रै ३८७९ जना रहेका छन् । यस्तै रत्ननगरमा अहिलेसम्म ६७८, खैरहनीमा ३७३, राप्तीमा २९५, कालिकामा १६२, माडीमा १०५ र इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ३४ जनामा कोरोना पुष्टि भएको छ ।